घट्यो सुनको मूल्य, तोलाको ९९ हजारमा कारोबार

काठमाडौँ ।  सुनको मूल्य आज प्रतितोलामा तीन सय रुपैयाँले घटेका छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलाको ९९ हजार रुपैयाँ कायम भएको छ । मङ्गलवार सुन तोलाको ९९ तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको मूल्य आज प्रतितोला ९८ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ । 

त्यसैगरी,  चाँदीको मूल्य पनि आज प्रतितोलामा १० रुपैयाँले घटेको छ । मङ्गलवार एक हजार तीन सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ३ सय ४० रुपैयाँमा किनबेच भइरहेको महासङ्घले जनाएको छ ।

 

 

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  ११ : ११ बजे