झ्याप्लेखोलाबाट २५ शव निकालियो

कास्कीका निर्माण व्यवसायीले दिए जिल्ला प्रशासन कार्यालयमा धर्ना

पोखरा । कास्की जिल्लाका निर्माण व्यवसायीले गण्डकी प्रदेश प्रमुख र जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन् । उनीहरूले मङ्गलवार एक घण्टा धर्ना दिएका हुन् । 

महासङ्घका केन्द्रीय सदस्य सुरेश श्रेष्ठको नेतृत्वमा निर्माण व्यवसायीले जिल्ला प्रशासन कार्यालयको गेट अगाडी धर्ना दिएका छन् । निर्माणका विषयमा सरकार उदासीन रहेको उनीहरूको आरोप छ । महासङ्घले देशैभर दबाब मूलक कार्यक्रम गरिरहेको छ ।

निर्माण सामाग्रीमा भएको अत्यधिक मूल्यवृद्धि नियन्त्रण गर्नुपर्ने, निर्माण उद्योगमैत्री कानुन जारी गर्नुपर्ने, बीमा निर्देशिका खारेज हुनुपर्ने लगायत माग उनीहरूको छ । उनीहरूले निर्माण सामग्रीमा भएको अत्यधिक मूल्यवृद्धिको सम्बोधन नगरे कन्स्ट्रक्सन होलिडे मनाउने चेतावनी दिएका छन् ।

महासङ्घका केन्द्रीय सदस्य श्रेष्ठले व्यवसायीहरूका मागका विषयमा प्रधानमन्त्री, मन्त्रीहरू, मुख्यसचिव, सचिवलाई समयमा नै अवगत गराए पनि सम्बोधन नभएकाले बाध्य भएर आन्दोलन गर्नु परेको बताउनुभयो।

महासङ्घका कास्की जिल्ला अध्यक्ष लिलकाजी गुरुङले निर्माण सामाग्रीको मूल्यवृद्धि व्यवसायीलाई मर्का परेको बताउनुभयो । “हामी त घरको न घाटको हुन लागेका छौँ । यति धेरै मूल्य बढाउँदा निर्माणको काम कसरी गर्ने ?”, उहाँले भन्नुभयो, “यो सामान्य अवस्थामा नआउँदासम्म हामी काम गर्न नसक्ने अवस्थामा छौँ । सरकारको बेलैमा ध्यान पुगोस् ।”

 

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  ७ : ५७ बजे