काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलामा ९ सय रुपैयाँले घटेर ९९ हजार ३ सय रुपैयाँ कायम भएको छ । तेजावी सुनको भाउ तोलाको ९८ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ ।
त्यसैगरी आज चाँदीको भाउ भने स्थिर रहेको छ । सोमबार तोलामा १ हजार ३५० रुपैयाँमा किनबेच भइरहेको चाँदी मंगलबार पनि सोही भाउ कायम भएको महासंघले जनाएको छ ।
प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार १ : ३४ बजे
प्रतिक्रिया