झ्याप्लेखोलाबाट २५ शव निकालियो

स्थानीय तहको निर्वाचनमा एक लाख ४ हजार १२३ जनाद्वारा उम्मेदवारी दर्ता

​​​​​​​काठमाडौं –  स्थानीय तहको निर्वाचनका लागि एक लाख ४ हजार १२३ जनाले उम्मेदवारी दर्ता गराएका छन्। आइतबार र सोमबार गरिएको मनोनयको संख्या निर्वाचन आयोगले सोमबार राति ११ बजे सार्वजनिक गरेको हो।

जसमा सबैभन्दा बढी मधेश प्रदेशमा २४ हजार १ सय ४३ जनाले उम्मेदवारी दर्ता गराएका छन्। यसपछि प्रदेश १ मा १८ हजार ४ सय ९९ जनाले उम्मेदवारी दर्ता गराएका छन्। यसैगरी लुम्बनी प्रदेशमा १७ हजार सात सय २० जनाले, बागमती प्रदेशका स्थानीय तहमा १७ हजार २ सय २५ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

आयोगको तथ्यांकअनुसार सुदूरपश्चिम प्रदेशमा ९ हजार २० र कर्णाली प्रदेशमा ८ हजार नौ सय ८४ जनाले उम्मेदवारी दर्ता गराएका छन्। सबैभन्दा कम गण्डकी प्रदेशमा ८ हजार ५ सय २३ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  ६ : ०७ बजे