भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

भारतमा कोरोनाबाट दुई हजार पाँच समय भन्दा बढी नयाँ सङ्क्रमित, ३० को मृत्यु

नयाँ दिल्ली ।​​​​​​​ भारतमा कोरोना भाइरसबाट थप दुई हजार ५४१ जना सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा थप ३० जनाको मृत्यु पनि भएको छ ।

अघिल्लो दिन भने दुई हजार ५९३ जना सङ्क्रमित भएका थिए । भारतमा अहिलेसम्म चार करोड ३० लाख ६० हजार ८६ जना सङ्क्रमित भएका छन् । 

संघीय स्वास्थ्य मन्त्रालयले भारतमा अहिले १६ हजार ५२२ जना सङ्क्रमित अवस्थामै रहेको जनाएको छ ।  नयाँ सङ्क्रमित मध्ये एक हजार ८३ जना दिल्ली प्रदेशका मात्रै रहेका छन् । यो सङ्ख्या नयाँ कुल सङ्क्रमितको ५७.३७ प्रतिशत हो ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  १ : ५५ बजे