भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

सांघाइमा कोभिडबाट एकै दिन ३९ जनाको मृत्यु

सांघाइ । चीनको सांघाइमा कोभिडबाट आइतबार एकै दिन ३९ जनाको मृत्यु भएको छ । 

योसँगै सांघाइमा कोभिडबाट मृत्यु हुनेको सङ्ख्या ८७ पुगेको त्यहाँको नेसनल हेल्थ कमिसनले जनाएको छ । आइतबार कोभिडका २२ हजार नयाँ सङ्क्रमित भेटिएका थिए । साढे दुई करोड जनसङ्ख्या भएको सांघाइ पछिल्लो समय कोभिड सङ्क्रमणको चपेटामा परेको छ । 

देशको वृद्ध र खोप नलगाएको ठुलो जनसङ्ख्यामा कोभिडको जोखिम रहेको स्वास्थ्य अधिकारीहरूले चेतावनी दिएका छन् । कोभिडबाट मृत्यु हुने अधिकांश वृद्ध वृद्धा रहेको सरकारले दाबी गरेको छ । 

सरकारले कोभिडबाट मृत्यु हुनेमा खोप नलगाएका र दीर्घ रोगी भएको बताए पनि पछिल्लो पटक मृत्यु भएकामध्ये पाँच जनाले खोप लगाएको प्राप्त विवरणहरूमा जनाइएको छ ।  

सङ्क्रमितहरूको मृत्यु बढेसँगै चीनमा निर्मित खोपको प्रभावकारिताबारे केहीले प्रश्न उठाउन थालेका छन् । यसैबीच, राजधानी बेइजिङमा २२ नयाँ सङ्क्रमित भेटिएका छन् । 

 

 

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  १० : ५० बजे