सेयरबजारमा उछाल

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज ९५.४६ अंकले बढेर दुई हजार ४ सय २० दशमलब ९१ विन्दुमा पुगेको छ । 

आज कारोबार रकममा पनि सुधार भएको छ । आइतबार नेप्सेमा दुई अर्ब ५३ करोड १२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका १९३ कम्पनीको शेयरमूल्य बढेको छ भने एक कम्पनीकोे शेयरमूल्य घटेको छ । यसमध्ये पनि १० कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने २५ कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ । 

नेप्सेका अनुसार आज नेपाल इन्भेष्टमेन्ट बैंकको डिभेञ्चरका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ९.८९ प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी सानिमा बैंकको प्रमोटर शेयरको भएको छ । यस कम्पनीको आज २२ करोड भन्दा बढीको कारोबार भएको छ । 

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  ३ : ५० बजे