भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

इजरायलका प्रधानमन्त्रीद्वारा महासचिव गुटेरेससँग गाजा तनावबारे छलफल

तेल अवीव।  इजरायली प्रधानमन्त्री नाफ्ताली बेनेटले शनिबार संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसससँग टेलिफोन वार्ता गर्दै गाजाबाट हालैका दिनमा भएका आक्रमणका साथै रुस-युक्रेन युद्धको पछिल्लो अवस्थाबारे छलफल गर्नुभएको छ। 

"प्रधानमन्त्री बेनेटले इजरायलमा भएको रकेट प्रहारको विषयमा संयुक्तराष्ट्रसंघले निन्दा नगरेकोमा असन्तोष व्यक्त गर्नु भएको छ। 

प्रधानमन्त्रीको आधिकारिक ट्विटर विज्ञप्तिमा भनिएको छ, बेनेट र गुटेरेससले "रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोल्दिमिर जेलेन्स्कीलाई भेट्न संयुक्त राष्ट्रसंघका महासचिवको अपेक्षित भ्रमण र रुस र युक्रेन बीचको स्थिति समाधान गर्ने प्रयासहरूबारे पनि छलफल गर्नुभयो।" जेरुसेलमको टेम्पल माउन्टमा विगत केही दिनदेखि प्यालेस्टिनी र इजरायली प्रहरीबीच झडप बढेको छ ।  सो झडपमा दुवै पक्षलाई चोटपटक लागेको बताइएको छ ।

शुक्रबार संयुक्त राष्ट्रसंघका महासचिवका प्रवक्ताले जनाएअनुसार संयुक्त राष्ट्रसंघले एन्टोनियो गुटेरेसको आगामी मस्को भ्रमण र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र विदेशमन्त्री सर्गेई लाभरोभसँग हुने भेटवार्ता बारे पुष्टि गरेको छ। क्रेमलिनले पनि राष्ट्रसंघका महासचिवको भ्रमणको पुष्टि गरेको छ ।
 

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  १ : १० बजे