झ्याप्लेखोलाबाट २५ शव निकालियो

दाङको मस्जिदमा दुई पक्षबीच झडप, ५ जना घाइते

दाङ / एक मस्जिदमा दुई पक्षबीच झडप भएको छ । झडपको क्रममा पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । लमहीस्थित मुस्लिम समुदायले सुनन्त फैजाने रजा मस्जिदमा दुई पक्षबीच झडप भएको हो ।

झडपको क्रममा पाँच जना घाइते भएको र उनीहरू थप बुटवलतिर लागेका छन् । नवाज पढिरहेको बेला मस्जिदकै अर्को समूह आएर वर्तमान अध्यक्षले राजीनामा दिनुपर्ने अडान राखेको थियो । तर, अध्यक्ष राजीनामा नदिने अडान लिएपछि दुई पक्षबीच झडप भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी सुरेशप्रसाद काफ्लेले जानकारी दिए । 

'मौलानाहरूबीच नै सामान्य विवाद भएको हो । यसअघिका अध्यक्षको समूहले वर्तमान अध्यक्षले राजीनामा दिनुपर्छ भन्दै आएका थिए । त्यही बेला विवाद उत्कर्षमा पुगेर सामान्य झडप भएको हो,' एसपी काफ्लेले बताए । 

झडपमा परी घाइते भएका पाँचै जना आफैँ उपचार गर्ने भन्दै बुटवलतिर लागेका छन् । दाङमा प्राथमिक उपचारपछि उनीहरू आ-आफैँ उपचार गराउने भनेर बुटवलतिर लागेको उनको भनाइ छ । अहिले अवस्थामा सामान्य भइसकेको उनको भनाइ छ । 

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  ४ : ५३ बजे