झ्याप्लेखोलाबाट २५ शव निकालियो

जीपमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु 

काठमाडौँ । काठमाडौँको पेप्सिकोलामा बिहीबार राति रोकिराखेको जीपमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा मोटरसाइकल चालक कालिकोट घर भई कोटेश्वर बस्ने २० वर्षीय धर्मेन्द्र बम रहेका छन् । गम्भीर घाइते भएका उनको उपचारका क्रममा पेप्सिकोलास्थित मदरल्याण्ड अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

घाइते भएका मोटरसाइकलमा पछाडि सवार कैलालीका १८ वर्षीय जगदीश शाहीको काठमाडौँ मेडिकल कलेजमा उपचार भइरहेको छ । 

जडीबुटीबाट पेप्सिकोलातर्फ जाँदै गरेको बा ३९प ५१८० नम्बरको मोटरसाइकल गए राती पौने १० बजे सडक छेउमा रोकिराखेको बा २१ च ८८९५ नम्बरको जीपमा ठोक्किएको थियो । 

जिप चालकलाई प्रहरी प्रभाग काँडाघारीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  १० : ३७ बजे