झ्याप्लेखोलाबाट २५ शव निकालियो

कास्कीमा खुल्यो निर्वाचन अधिकृतको कार्यालय

पोखरा । आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि कास्कीमा निर्वाचन अधिकृतको कार्यालय खोलिएको छ । जिल्लाका पाँचवटै स्थानीय तहमा निर्वाचन अधिकृत खटाएर कार्यालय सञ्चालनमा ल्याइएको हो ।

पोखरा महानगरपालिका अन्नपूर्ण गाउँपालिका, माछापुच्छ्रे गाउँपालिका, रूपा गाउँपालिका र मादी गाउँपालिकामा बिहीबारदेखि निर्वाचन अधिकृतको कार्यालय खोलिएको निर्वाचन कार्यालय पोखराले जनाएको छ ।

पोखरामा मुख्य निर्वाचन अधिकृतको कार्यालय राखिएको छ भने अरु पालिकामा निर्वाचन अधिकृतहरू खटिएका छन् । यहाँ मुख्य निर्वाचन अधिकृतको रूपमा श्रीकृष्ण भट्टराई तोकिएका छन् भने अन्नपूर्णमा विष्णुप्रसाद आचार्य, मादीमा दुर्गाप्रसाद भट्टराई, माछापुच्छ्रेमा नवराज दंगाल र रूपामा रुद्रप्रसाद सुवेदीलाई निर्वाचन अधिकृतका रूपमा खटाइएको हो ।  

११ र १२ वैशाखमा स्थानीय निर्वाचनको लागि मनोनयन हुँदैछ । त्यसका लागि बिहीबार नै अधिकृतसहित कर्मचारी खटाएर काम अघि बढाइएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए । उनका अनुसार आवश्यक सामग्री र जनशक्ति व्यवस्थापन सुरु भइसकेको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहिबार  २ : ०८ बजे