भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

जापानी रक्षामन्त्रीले मे को शुरुमा अमेरिका भ्रमण गर्ने

टोकियो। जापानी रक्षामन्त्री नोबुओ किशीले मे महिनाको  शुरुमा संयुक्त राज्य अमेरिकाको भ्रमण गर्ने योजना बनाएको, क्योडो समाचार एजेन्सीले स्रोतलाई उद्धृत गर्दै  उल्लेख गरेको छ।

किशीले युक्रेन र उत्तर कोरियाको स्थितिमा सहयोगका बारेमा छलफल गर्न अमेरिकी रक्षामन्त्री लोयड अस्टिनसँग भेट्ने अपेक्षा गरिएको छ। भ्रमणको ठ्याक्कै मिति भने हालसम्म निश्चित भइसकेको छैन। 
 

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहिबार  १ : १७ बजे