भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

पाकिस्तानमा आगलागी : नौ बालबालिकाको मृत्यु, २० घाइते

इस्लामावाद।  पाकिस्तानको डाडु जिल्लामा भएको आगलागीमा परी कम्तीमा नौ जनाको मृत्यु भएको छ । मोहम्मद डार्यानी चान्डीओ गाउँमा भएको आगलागीमा परी अरु २० जना घाइते भएका अधिकारीहरुले जानकारी दिएका छन् । 

आगलागीबाट ५० घरमा क्षति भएको छ । घाइते भएकाहरुलाई विभिन्न अस्पतालमा भर्ना गरिएको छ । ती मध्ये केहीको अवस्था गम्भीर रहेको चिकित्सकहरुले जनाएका छन् । घरको भान्साबाट हुरिका कारण फैलिएको आगोले गाउँ नै डढाएको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ ।

मृत्यु भएका सबै बालबालिका रहेका छन् । स्थानीय समयानुसार मङ्गलबार राती ९ बजे आगलागी सुरु भएको थियो । रासस÷एएनआई

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  ३ : २० बजे