झ्याप्लेखोलाबाट २५ शव निकालियो

यात्रुसहितकाे बस हरायाे

आजदेखि नियमित काममा फर्किँदै गभर्नर अधिकारी

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारी आजदेखि नियमित काममा फर्किनुहुने भएको छ । 

गत  चैत २४ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार चैत २५ गतेबाट निलम्बनमा पर्नुभएका अधिकारीलाई राष्ट्र बैङ्क फर्किने बाटो मङ्गलवार सर्वोच्च अदालतले खुलाइदिएको थियो । 

गभर्नर अधिकारीले सर्वोच्चको अल्पकालीन अन्तरिम आदेशअनुसार आजबाट नियमित काममा फर्किने प्रतिक्रिया दिनुभयो । उहाँ १२ दिनपछि कार्यालय जाँदै हुनुहुन्छ। 

सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाँलको एकल इजलासले मङ्गलवार ‘गभर्नर अधिकारीलाई पदीय जिम्मेवारी पूरा गर्न दिनू’ भनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको थियो । 

मन्त्रिपरिषद्  बैठकले गभर्नर अधिकारीलाई निलम्बन गर्दै पूर्व न्यायाधीश पुरुषोत्तम भण्डारीको नेतृत्वमा जाँचबुझ समिति बनाएको थियो । तर, सर्वोच्चले योसँग सम्बन्धित कुनै पनि निर्णय कार्यान्वयन नगर्न भनेको हो ।  

सर्वोच्चले दुवै पक्षलाई छलफलका लागि वैशाख १३ गतेका लागि बोलाएको छ । 

अछामका पृथ्वीबहादुर शाहले आफू, आफन्त र विभिन्न कम्पनीका नाममा अमेरिकाबाट भित्र्याएको शङ्कास्पद रकममा छानबिन गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई पत्राचार गरेर राष्ट्र बैङ्कले उनका खाताहरू रोक्का राखेसँगै अर्थमन्त्री शर्माले तिनलाई खुलाउन गभर्नर अधिकारीलाई दबाब दिएको दिँदै आइरहनुभएको थियो ।  अमेरिकाबाट आएको ४० करोड रकम छुटाउन दबाब दिँदा गभर्नर अधिकारीले नमानेपछि सरकारले उहाँलाई निलम्बन गरिएको थियो ।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  ७ : ५५ बजे