झ्याप्लेखोलाबाट २५ शव निकालियो

यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

खसी बोकासहित एक पक्राउ

बर्दिया । प्रहरीले भारतबाट नेपाल ल्याउँदै गरेको अबैध खसी बोका र गाडी सहित एक जनालाई  पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका वडा नंवर ३ बस्ने २६ वर्षीय राजकुमार बानियाँ रहेको प्रहरीले जनाएको छ ।  

 जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरी टोलीले गत सोमबार बर्दियाको गुलरिया नगरपालिका वडा नंवर ६ मा चेकजाँच गर्ने क्रममा ६ लाख १७ हजार बराबरको खसी बोका र गाडीसहित बानियाँलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डिएसपी प्रकाश सापकोटाले जानकारी दिनुभयो ।

सापकोटाका अनुसार भारतबाट भन्सार छलेर चोरी पैठारी गर्दै ग ३ च ४७५७ नंवरको पिकअप गाडीमा खसीबोका ल्याउँदै गरेको अवस्थामा  बानियाँलाई पक्राउ गरिएको हो ।

बानियाँलाई बरामद गरिएको खसीबोका र पिकअप गाडी सहित आवश्यक कारबाहीको लागि राजापुर भन्सार कार्यालय गुलरियामा बुझाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  ४ : ०८ बजे