झ्याप्लेखोलाबाट २५ शव निकालियो

यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

मतपत्र छाप्न अब बढीमा १० दिन लाग्ने

काठमाडौं । निर्वाचन आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले स्थानीय तह निर्वाचनको मतपत्र छपाइ बढीमा १० दिनमा सकिने बताएका छन् । काठमाडौंमा आज आयोजित अन्तरक्रियामा उनले यस्तो बताएका हुन् । 

उनका अनुसार हालसम्म एक करोड मतपत्र छपाइ भइसकेको छ अब धेरै छपाइ बाँकी छैन । छपाइ भएको मतपत्र ४६ जिल्लाको लागि भएको उनको भनाइ छ । 

मतपत्र जनक शिक्षा सामग्री केन्द्रले छपाइ गरिरहेको छ ।  आयोगले जिल्लामा दलगत स्थितिलाई ध्यानमा राखेर मतपत्र छपाइ गर्दै आएको छ ।

आयोगका प्रवक्ता पौडेलका अनुसार सर्वाधिक काठमाडौंमा ४६ वटा दलका लागि मतपत्र छपाइ भएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  २ : ४८ बजे