यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

गठबन्धन सरकारलाई पत्याएन सेयरबजारले, निरन्तर घट्दै 

काठमाडौं । गठबन्धन सरकार बनेदेखी सेयर बजार निरन्तर ओरालो लागेको छ । आइतबार पनि सेयरबजार  २९.६० अंकले घटेको छ । बजार १.२३ प्रतिशत घट्दा नेप्से परिसूचक २३८५ अंकमा आएर रोकेको छ ।

सेयर बजार निरन्तर ओरालो लागेसँगै कारोबार रकम पनि घट्दै गईरहेको छ । आज नेप्सेमा २ सय ३३ वटा कम्पनीका ३४ लाख ७ हजार २ सय ७२ कित्ता सेयर खरिदबिक्री भएको हो । नेप्सेमा आज कुल १ अर्ब ४४ करोड ७ लाख २३ हजार रुपैयाँको कारोबार भएको थियो ।

आज नेष्डो समृद्ध लघुवित्तको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ भने हिमालयन उर्जा कम्पनीको सेयर मूल्य १० प्रतिशतले  घटेको छ ।

त्यस्तै सबैभन्दा बढी सेयर कारोबार गर्नेमा नेपाल दूरसञ्चार कम्पनीको रहेको छ । उक्त कम्पनीको आज ४ करोड २५ लाख ३५ हजार रुपैयाँको सेयर किनबेच भएको थियो ।

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  ४ : ०८ बजे