काठमाडौं । वैशाख लागेसँगै बिहे गर्ने मुख्य सिजनमा बजारमा सुनको मौज्दात सकिएको छ ।
नेपाल राष्ट्र बैंकले एलसी (वस्तु आयातको बैंक ग्यारेण्टी) नखोल्न बैंकहरुलाई निर्देशन दिएसँगै सुनको आयात ठप्प हुँदा बजारमा सुनको मौज्दात सकिएको नेपाल बैंकर्स एसोसिएसनले जनाएको हो ।
सुन अभाव भएपछी बजारमा नयाँ गहना बनाउनेको ग्राहक संख्यामा समेत कमि आएको छ । नेपालमा सुन आयात नभएको ११ दिन भइसक्यो यसअघी बैंकहरुले दैनिक १० किलो सुन आयात गर्थे ।
वैशाख लागेलगत्तै बिहेको लगनको महिना सुरु भएपछि सुनको माग बढेको तर, सुन भने नभएको बज्राचार्यले बताए ।
विदेशी मुद्रा सञ्चिति घटेको भन्दै राष्ट्र बैकले गत चैत २१ गते बैंकका कार्यकारी प्रमुखहरुलाई बोलाएर सवारी साधनसहितका बस्तुहरुलाई एलसी (वस्तु आयातको बैंक ग्यारेण्टी) जारी नगर्न निर्देशन दिएको थियो ।
प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार ३ : ५१ बजे
प्रतिक्रिया