फ्रान्समा राष्ट्रपति निर्वाचन : पहिलो चरणमा म्याँक्रो अगाडि

पेरिस  । फ्रान्समा सम्पन्न पहिलो चरणको राष्ट्रपति निर्वाचनमा  वर्तमान राष्ट्रपति इमानुएल म्याँक्रोले आफ्नो अग्रता कायम राखेका छन् ।

पहिलो चरणमा ९७ प्रतिशतभन्दा बढी  गणना हुँदा म्याँक्रोले २७ दशमलब ६  प्रतिशत मत प्राप्त गरेका छन् । त्यस्तै दक्षिणपन्थी राष्ट्रपति पदका उम्मेदवार मारिन ले पेनले २३ दशमलब ४१ प्रतिशत प्राप्त गरी दोस्रो स्थानमा छिन् । 

त्यसैगरी, २१ दशमलब ९५ प्रतिशतका साथ जेन–लुक मेलेनचोन तेस्रो स्थानमा रहेका छन् ।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  ५ : १७ बजे