यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा तीन आतङ्ककारीको मृत्यु

खैबर पख्तुनख्वा।  पाकिस्तानी सशस्त्र सेनाले खैबर पख्तुनख्वाको डेरा इस्माइल खान (डीआईके) मा गरिएको एक खुफिया-आधारित अपरेशन (आईबीओ) मा तीन आतङ्कवादीलाई मारेको छ।

डेरा इस्माइल खानको क्षेत्रमा आतङ्कवादीहरूको उपस्थितिको बारेमा रिपोर्ट प्राप्त गरेपछि एआरवाई न्यूजले अन्तर-सेवा जनसम्पर्कलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ।

"दोहोरो गोली हानाहानको क्रममा तीन आतङ्ककारी मारिए र पाकिस्तानी सेनाले मारिएका आतङ्कवादीबाट हतियार र गोला बारुद पनि बरामद गरेको" आईएसपीआरका प्रवक्तालाई एआरवाई न्यूजले उद्धृत गर्दै  उल्लेख गरेको छ ।

यसअघि मार्चमा पनि पाकिस्तानी सेनाले चार आतङ्ककारीलाई मारेको थियो र गोलीबारीमा खैबर पख्तुनख्वा (केपी) बाजौर जिल्लामा दुई सैनिकले पनि ज्यान गुमाएका थिए।

त्यस आक्रमणमा आतङ्कवादीहरूको गोलीबाट तीन निर्दोष नागरिकहरू पनि मारिएको आईएसपीआरका प्रवक्ताले बताएका छन् ।

ज्यान गुमाउने दुई सैनिकहरू नायब सुबेदार इश्तियाक र सिपाही भएको पुष्टि भएको छ। रासस

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  २ : ५९ बजे