काठमाडौँ । सुनको मूल्य आइतबार चार सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलाको ९९ हजार तीन सय रुपैयाँ कायम भएको छ ।
यसअघि, शुक्रवार सुन तोलाको ९९ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।
आइतबार तेजाबी सुनको मूल्य तोलाको ९८ हजार आठ सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको मूल्य भने स्थिर रहको छ । शुक्रवार एक हजार तीन सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा किनबेच भइरहेको महासङ्घले जनाएको छ ।
प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार ११ : ०७ बजे
प्रतिक्रिया