भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

भरतपुरमा ट्याक्टरको ठक्करबाट ट्राफिक प्रहरीको मृत्यु 

चितवन । चितवनको भरतपुर महानगरपालिका–६ जय नेपाल चोकमा बिहीबार राति ट्याक्टरको ठक्करबाट ट्राफिक प्रहरीको मृत्यु भएको छ । 

मृत्यु हुनेमा भरतपुर महानगरपालिका १४ राधापुर घर भई जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनमा कार्यरत प्रहरी नायव निरीक्षक अर्जुन पौडेल रहनुभएको छ । उहाँको घटनास्थलमै मृत्यु भएको हो । 

बिहीबार राति ९ बजे महेन्द्र चोकबाट चोक बजारतर्फ जाँदै गरेको ना ४ त ८८२९ नम्बरको ट्याक्टरले विपरीत दिशाबाट आइरहेको ना १६ प ३१५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । मोटरसाइकल प्रहरी नायव निरीक्षक पौडेलले चलाउनुभएको थियो । 

ट्याक्टरसहित चालकलाई इलाका प्रहरी कार्यालय गिता नगरले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार  ११ : १६ बजे