काठमाडौं । सरकारले बिहीबार सार्वजनिक बिदा दिने भएको छ ।
शेर्पा समूदायको ग्याल्पो ल्होसारको अवसरमा सरकारले बिदा दिने निर्णय गरेको हो ।
गृह मन्त्रालयले सो पर्वको अवसरमा बिहीबार बिदा दिने निर्णय भएको गृहमन्त्रीको निजी स्वकीय सचिव नरेन्द्र केसीले बताउनुभयो । सरकारले सबैखाले ल्होसारमा बिदा दिँदै आएको छ ।
प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार ३ : १५ बजे
प्रतिक्रिया