भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

ट्याक्टर दुर्घटना हुँदा दार्चुलामा एक जनाको मृत्यु 

दार्चुला । दार्चुलाको व्यास गाउँपालिका–४ मा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

निर्माणाधीन दार्चुला तिंकर सडकको डोकटमा मङ्गलवार राति दुर्घटना हुँदा बझाङ घर भएका २३ वर्षीय वीरेन्द्र खड्काको ट्याक्टर किचिएर मृत्यु भएको दार्चुलाका प्रहरी प्रमुख डिएसपी मनोहरप्रसाद भट्टले जानकारी दिनुभयो ।

दुर्घटनाको जानकारी पाएपछि राती नै प्रहरी घटनास्थलमा पुगेको थियो । ट्याक्टर चालक बझाङकै मान बोहरा दुर्घटनापछि फरार छन् । 

व्यास गाउँपालिका क्षेत्रमा दार्चुला–तिंकर सडक चौडा बनाउने तथा नाली निर्माण गर्ने काम सञ्चालन गरिएको छ । सडकको निर्माणमा प्रयोग भएको से२त १७९९ नम्बरको ट्याक्टर डोकटबाट डोब जाने क्रममा दुर्घटना भएको हो । 

दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको र चालकको खोजी भइरहेको डिएसपी भट्टले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार  ११ : ५८ बजे