भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

७३ वटा सीमास्तम्भ हरायो

झापा – मेचीनगर नगरपालिकाले भारतसँगको ३२ किलोमिटर अन्तर्राष्ट्रिय सीमा अनुगमन गरेको छ । नगरको पूर्वी सीमा क्षेत्रको अनुगमनका क्रममा ७३ वटा सीमास्तम्भ हराएको पाइएको नगरप्रमुख विमल आचार्यले बताउनुभयो । 

मेचीनगरको वडा नं १, ४, ५, ६, ७ र १५ भारतसँग जोडिएको छ । सीमा क्षेत्रको लम्बाइ ३२ किलोमिटर रहेको छ । सिमानामा मेची नदी रहेको छ । सो क्षेत्रमा नेपाल र भारतलाई छुट्याउने २२१ वटा सीमास्तम्भ स्थापना गरिएका थिए । अनुगमन गर्दा १४८ स्तम्भ मात्र फेला परेको नगरप्रमुख आचार्यले जानकारी दिनुभयो ।

    नगरपालिकाले सोमबार जनप्रतिनिधि, सशस्त्र प्रहरी र सञ्चारकर्मीसहितको टोली लिएर भारतसँगको सीमा अनुगमन गरेको थियो । सीमा क्षेत्रको वर्तमान अवस्था र हराएका सीमास्तम्भका बारेमा नेपाल सरकारलाई जानकारी गराइने उहाँले बताउनुभयो । मेची नदीमा आएको बाढी वा अरु के कारणले सीमास्तम्भ हराएका हुन् भनेर नेपाल सरकारले नै खोजी गर्नुपर्ने स्थानीय जनप्रतिनिधि बताउँछन् ।
 

प्रकाशित मिति : १७ फाल्गुन २०७८, मंगलबार  १० : ०९ बजे