भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिद्वारा अमेरिकाका लागि राजदूत नियुक्त

​​​​​​​काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले प्राध्यापक  श्रीधर खत्रीलाई संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गर्नुभएको छ ।

 नेपालको संविधानको धारा २८२ अनुसार मन्त्रिपरिषद्को सिफारिसमा उहाँले प्राध्यापक खत्रीलाई राजदूत पदमा आज नियुक्त गर्नुभएको हो । मन्त्रिपरिषद्को गत कात्तिक ११ गतेको बैठकले प्राध्यापक खत्रीलाई अमेरिकाका लागि राजदूतमा नियुक्त गर्न सिफारिस गरेको थियो । नव नियुक्त राजदूत खत्री परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका पूर्वकार्यकारी निर्देशक हुनुहुन्छ । 

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  ५ : ५० बजे