भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

युक्रेनमा रहेका १ सय ९३ जना नेपाली आए दूतावासको सम्पर्कमा

​​​​​​​काठमाडौँ । युक्रेनमा रहेका १ सय ९३ जना नेपाली जर्मनीको बर्लिनस्थित नेपाली दूतावासको सम्पर्कमा आएका छन् ।

सम्पर्कमा आएका सबै नेपाली सुरक्षित रहेको दूतावासले जनाएको छ । 

“दूतावासमा सम्पर्कमा आउनुभएका १ सय ९३ जना नेपाली नागरिकहरू हालसम्म सुरक्षित हुनुहुन्छ” जर्मनीस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

युक्रेनमा उत्पन्न पछिल्लो सङ्कटपछि त्यस मुलुकका विभिन्न सहरमा रहेका नेपाली नागरिकहरूको स्थिति सम्बन्धमा थप जानकारी हासिल गर्ने कार्य निरन्तर भइरहेको दूतावासले जनाएको छ । 

रुसले बिहीबारबाट युक्रेनमा सैन्य आक्रमण सुरु गरेपछि त्यहाँ रहेका नेपालीको खोजी गर्न थालिएको हो । 

दूतावासले यसअघि स्थायी रूपमा बसोबास गर्दै आएको ३८ जना र युरोप र अमेरिका जाने क्रममा करिब दुई सय नेपाली युक्रेनमा रहेको बताएको थियो । तीमध्ये १ सय ९३ जना दूतावासको सम्पर्कमा आएका हुन् । 

गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)ले भने युक्रेनमा करिब ४ सय नेपाली रहेको जनाएको छ । 

 

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार  ८ : ४९ बजे