भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

माइक्रो बसमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

काठमाडौँ । काठमाडौँको चन्द्रगिरी नगरपालिका–७ स्थित सडक छेउमा रोकी राखेको माइक्रो बसमा बिहीबार राति मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा मोटरसाइकल चालक २६ वर्षीय आकाश रानाभाट रहेका छन् । गम्भीर घाइते भएका उनको उपचारको क्रममा कलंकीस्थित सहिद मेमोरियल अस्पतालमा राती साढे ११ः०० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । 

चेकपोष्टबाट चन्द्रागिरी जाँदै गरेको प्रदेश ३, ०२, ०११ प २९१९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउमा रोकी राखेको बा२ख ७०४९ नम्बरको माइक्रो बसमा ठोकिएको थियो । 

दुर्घटनामा संलग्न मोटरसाइकल र माइक्रो बसका चालकलाई थानकोट प्रहरीले  नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  १० : ४८ बजे