भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

नेपाल–भारत जमुनाहनाका बन्द गरिँदै

राँझा । नेपालगञ्जस्थित नेपाल–भारत सीमा जमुनाहनाका आज साँझदेखि पूर्ण रूपमा बन्द हुने भएको छ । 

भारतको बहराइच, श्रावस्ती लगायतका सीमावर्ती जिल्लामा यही फागुन १५ गते विधानसभाको निर्वाचन हुने भएकाले नेपालगञ्जस्थित जमुनाहानाका ६० घण्टाका लागि पूर्ण रूपमा बन्द गरिने बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो । 

उहाँका अनुसार आज बेलुकी ६ बजेदेखि फागुन १६ गते सोमबार बिहान ६ बजेसम्मका लागि सीमा नाका पूर्ण रूपमा बन्द गरिने छ ।

सीमा नाकामा ६० घण्टासम्म सवारीसाधन र पैदल यात्रु आवतजावतमा पूर्ण रोक लगाइने छ ।

निर्वाचन प्रयोजनका लागि रुपइडिहा लगायतको आन्तरिक सुरक्षालाई पनि अत्यन्त चुस्त र सुदृढ बनाउनुका साथै सिमानामा एक साता अघिदेखि नै सुरक्षा जाँचमा समेत कडा पारिएको छ । 

आपात्कालीन सेवाबाहेक अन्य कुनै पनि सवारीसाधन र पैदल यात्रुलाई समेत आवागमनको छुट नहुने प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो । रासस

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  ८ : ४९ बजे