भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

युक्रेनका नेपालीको तत्काल उद्धार गर्न आग्रह

मस्को । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) का उपाध्यक्ष डा.बद्री केसीले युक्रेनमा रहेका नेपालीहरूलाई तत्काल उद्धारको पहल गर्न नेपाल सरकार समक्ष आग्रह गर्नुभएको छ   । 

उपाध्यक्ष डा.केसीले एक विज्ञप्ति जारी गर्दै त्यहाँ रहेका ४०० जना नेपालीको उद्धारको पहलको लागि आग्रह गर्नुभएको हो । 

“युद्ध भनेको युद्ध नै हो, त्यसैले नेपाल सरकारले त्यहाँ रहेका नेपालीहरूको सक्दो छिटो उद्धार गर्नु पर्ने आवश्यकता छ । हामी सरकार तथा त्यहाँ रहेका नेपालीबीच समन्वय गरी उद्धार गर्न तयार छौँ । रसिया र युक्रेनबीचको द्वन्द्व त्यहाँ  रहेका नेपालीहरू त्रसित छन् ।”, उहाँले भन्नुभयो । 

सैनिक अड्डाहरूमा मात्र आधुनिक क्षेप्यास्त्रले हमला गरिएकोले सर्वसाधारणको जीवनमा खासै खतरा छैन भन्ने सरकारी दाबी रहेको छ ।  

गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) युक्रेनका पदाधिकारी साथीहरूले त्यहाँ रहेका सम्पूर्ण नेपालीहरूसँग सम्पर्क रहँदै  आएको डा.केसीले जनाउनुभयो । उहाँका अनुसार  हालसम्म त्यहाँ रहेका सबै नेपालीहरू सकुशल छन् ।   

डा.केसीले स्वयं नेपाली दूतावास जर्मनी, रसिया तथा गैर आवासीय नेपाली सङ्घ युक्रेनका पदाधिकारी र त्यहाँका नेपालीहरूसँग निरन्तर सम्पर्कमा रहेर नेपालीको उद्धारको प्रयास गरेको बताउनुभयो ।  

 

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  ८ : २२ बजे