भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

प्रधानन्यायाधीशविरूद्धकाे महाभियोग खारेजीकाे माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि लागेको महाभियोगविरुद्ध सर्वोच्च अदालतमा संवैधानिक रिटको रुपमा दर्ता भएको छ ।

महाभियोगविरुद्ध अधिवक्ता पुण्य खतिवडा, दीपक मिश्र, त्रिलोकविक्रम चन्दलगायतले संवैधानिक रिट दर्ता गर्नुभएको हो ।

रिटमा शक्ति पृथकीकरणको सिद्धान्त विपरीत प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि महाभियोग लगाइएको भन्दै महाभियोग प्रस्ताव खारेजीका लागि अन्तरिम आदेश, उत्प्रेषण, परमादेश आदिको माग दाबी गरेका थिए । रिटमा सङ्घीय संसद् सचिवालय, सभामुखलगायतलाई विपक्षी बनाइएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहिबार  २ : ४० बजे