भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

भद्रकाली–माइतिघर–बानेश्वर–तिनुकने सडकखण्डको सवारी आवागमन डाइभर्ट 

काठमाडौं – काठमाडौं उपत्यकाको भद्रकाली, माइतिघर, बानेश्वर, तीनकुने हुँदै गुड्ने सवारी साधन डाइभर्ट गरिएको छ । 

तिनुकने बानेश्वर भएर चल्ने सवारी साधनलाई  बिभिन्न स्थानबाट ड्राइभर्सन गरिएको ट्राफिक प्रहरीले जनाएको छ । 

तिनकुनेबाट नयाँबनेश्वरतर्फ आउने सबै सवारी साधनलाई तिनकुनेबाट नै ड्राइभर्सन गरीएको छ । 

भद्रकाली–सिंहदरबार–माइतिघर हुदै बानेश्वरतर्फ जाने सवारी साधनलाई भद्रकालीबाटै ड्राइभर्सन गरी त्रिपुरेश्वर, थापाथली हुदै पठाइएको ट्राफिक प्रहरीले बताएको छ । 

पदमोदयमोडबाट पनि हुनुमानथान हुदै थापागाउँ जाने  ठुला तथा तिनपाङग्रे सवारी साधनलाई  पदमोदयमोडबाटै ड्राइभर्सन गरिएको छ ।

अमेरिकी विकास सहयोग लिमेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)को विरोधमा विभिन्न दलका कार्यकताले प्रर्दशन गरेपछि उक्त सडकखण्डको आवागमन डाइभर्ट गरिएको हो । 

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहिबार  १२ : २९ बजे