भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु 

काठमाडौँ । झापाको मेचीनगर नगरपालिका–७ मा मङ्गलवार बेलुकी मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । 

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका मेचीनगर–८ का १९ वर्षीय श्याम मगरको उपचारका क्रममा बिर्तामोड स्थित बि एण्ड सि अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

मे १० प २२ ३२ नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेका मगरलाई मङ्गलवार बेलुकी पौने ८ बजे ठक्कर दिएको थियो ।  

मोटरसाइकलसहित चालकलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टा झापाले नियन्त्रणमा लिएको छ । 

 

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार  ११ : ०० बजे