ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

इनरुवा । सुनसरीको कोसी–८भण्टाबारीमा गए राति ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । 

मृत्यु हुनेमा स्थानीय ६० वर्षीय भरत सहनी रहेका छन् । 

प्रहरी नायव उपरीक्षक नरेन्द्रकुमार कार्कीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्र२–०३–००१ख २५०५ नंको ट्रकले सोही दिशाबाट आउँदै गरेका साइकलयात्रीलाई ठक्कर दिएका थियो । 

गम्भीर घाइते सहनीको उपचारका क्रममा जिल्ला अस्पताल इनरुवामा मृत्यु भएको कार्कीले जानकारी दिनुभयो । ट्रक चालक सर्लाहीको परवानीपुरका ५४ वर्षीय लासादोर्जे जिम्बालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार  ७ : ३८ बजे