लोकसेवा आयोगद्वारा सबै परीक्षा स्थगित

काठमाडौँ । लोकसेवा आयोगले पूर्व निर्धारित परीक्षाहरूलाई अनिश्चितकालका लागि स्थगित गरेकाे छ ।

सर्वोच्च अदालतबाट गत माघ २६ गतेको आदेश कार्यान्वयनको सिलसिलामा तोकिएका परीक्षा स्थगित भएको लोकसेवा आयोगले जनाएको छ ।

आयोगले आगामी फागुन १३ गते देखी २०७९ बैशाख १ सम्म शाखा अधिकृत वा सो सरह (प्राविधिक) का परीक्षाहरू तोकिएको थियो ।

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  ९ : २७ बजे