ढुङ्गेअड्डामा शङ्कास्पद वस्तु फेला, सेनाको टोलीद्वारा निष्क्रिय

काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिकास्थित ढुङ्गेअड्डामा शङ्कास्पद वस्तु फेला परेको छ । 

चन्द्रागिरि नगरपालिका–१५ ढुङ्गेअड्डाको मुख्य सडकमा शङ्कास्पद वस्तु फेला परेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले कलङ्की–नागढुङ्गाको मुख्य सडकमा आज बिहान २ बजेतिर उक्त वस्तु फेला परेको बताउनुभयो । 

उहाँले आम नागरिकलाई त्रास सिर्जना गर्नका लागि उक्त शङ्कास्पद वस्तु छाडिएको जानकारी दिनुभयो । उक्त वस्तुलाई अहिले नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ ।

शङ्कास्पद वस्तु भेटिएसँगै नागढुङ्गा नाका भएर काठमाडौँ उपत्यका भित्रिने तथा काठमाडौँ बाहिर जाने सवारीसाधन बाटोमै रोकिएका छन् ।

 

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार  ९ : २६ बजे