काठमाडौँ उपत्यकामा एकै दिन १ हजार ५ सय ७७ सवारी चालकमाथि कारबाही 

काठमाडौँ । ट्राफिक नियम उल्लङ्घन गर्ने १ हजार ५ सय ७७ जना सवारी चालकहरूलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

ट्राफिक प्रहरीले बुधवार काठमाडौँ उपत्यकाको विभिन्न स्थानमा उनीहरूलाई कारबाही गरेको हो । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार कारबाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने १०० जना, जथाभाबी यात्रु चढाउने तथा ओराल्ने ५३ जना र रातो बत्तीको उल्लङ्घन गर्ने ३९ जना छन् । 

ढोका खुल्लै राखेर सवारी चलाउने ४६ जना, अवस्था ठिक नभएको सवारी साधन चलाउने १८ जना, मदिरा पिएर सवारी साधन चलाउने ४३ जना र क्षमता भन्दा बढी यात्रु राख्ने ३९ जना चालकहरूलाई कारबाही गरिएको महाशाखाले जनाएको छ । 

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहिबार  १२ : १८ बजे