मोटरसाइकल दुर्घटना हुँदा कैलालीमा एक जनाको मृत्यु 

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका–१३ राजपुरमा बुधवार बेलुकी मोटरसाइकल पल्टिँदा चालकको मृत्यु भएको छ । 

मोटरसाइकलमा पछाडि सवार व्यक्ति घाइते भएका छन् । 

मृत्यु हुनेमा कैलालीकै गोदावरी नगरपालिका–५ का ३१ वर्षीय दल बहादुर भट्टराई रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको धनगढी स्थित माया मेट्रो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । 

घाइते भएका मोटरसाइकलमा पछाडि सवार कैलाली ६ का ३३ वर्षीय यज्ञराज नौलालको सोही अस्पतालमा उपचार भइरहेको छ । 

अत्तरियाबाट धनगढीतर्फ जाँदै गरेको से५प ३९४२ नम्बरको मोटरसाइकल बुधवार बेलुकी सवा ७ बजे नियन्त्रण गुमाएर पल्टिएको प्रहरी चौकी कैलालीगाँउले जनाएको छ ।

 

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहिबार  ११ : ४६ बजे