चुनाव रोक्न माग गर्दै परेको  रिट दर्ता गर्न सर्वोच्वको आदेश, दरपीठको निर्णय बदर

काठमाडौं । आगामी वैशाख ३० गते गर्न लागिएको निर्वाचन रोक्न माग गर्दै परेको रिट दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

यस अघि सर्वोच्चले यही रिट दर्ता नहुने भन्दै दरपिठ गर्ने निर्णय गरेको थियो । गत बुधवार सर्वोच्चका रजिस्ट्रार नारायणप्रसाद पन्थीले स्थानीय तह निर्वाचनसम्बन्धी ऐनको व्यवस्था देखाउँदै उक्त रिट दरपिठ गरिदिएका थिए । 

वैशाख ३० मा स्थानीय निर्वाचन गर्दा आफ्नो ५ वर्षे कार्यकाल पूरा नहुने भन्दै महोत्तरीको भंगाहा नगरपालिका प्रमुख सञ्जीवकुमार साहले दिएको रिट दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको हो ।

न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले दरपीठको निर्णय बदर गरी रिट दर्ता गर्न बुधवार आदेश दिएको हो । यससँगै स्थानीय चुनावसम्बन्धी विषय अदालतमा पुगेको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  ५ : ४० बजे