नयाँ बानेश्वर क्षेत्रबाट हालसम्म ९० जना प्रदर्शनकारी पक्राउ

काठमाडौँ – प्रहरीले नयाँ बानेश्वर क्षेत्रबाट हालसम्म ९० जना प्रदर्शनकारीहरुलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार पक्राउ परेकाहरूलाई भृकुटीमण्डपमा रहेको नगर प्रहरी कार्यालयमा राखिएको छ । 

भर्खरै नयाँ बानेश्वर क्षेत्रबाट ४० जना प्रदर्शनकारी पक्राउ परेको र उनीहरूको यकिन संख्या अझै आउन बाँकी रहेको कार्यालयका प्रवक्ता तथा एसएसपी किशोरसिंह राठौरले बताए । यसअघि प्रहरीले ५० जना पक्राउ गरेको  थियो । उनीहरूमध्ये अधिकांश बन्दकर्ता छन् । केही भने प्रदर्शनकारी छन् । 

गृह मन्त्रालयले आज एमसीसीको विरुद्धमा रहेका दलहरूले आन्दोलन गर्न सक्ने र शान्ति सुरक्षामा चुनौती थपिन सक्ने भन्दै नियन्त्रणमा लिन प्रहरीलाई निर्देशन दिएको थियो । सोही कारण आज बिहानैदेखि सडकमा बाक्लो गरी प्रहरी तैनाथ थिए । 

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  २ : ३८ बजे