संसद्मा एमसीसी पेस हुने भएपछि नयाँ बानेश्वरमा बढाइयो सुरक्षाकर्मी (फोटोफिचर)

काठमाडौँ । प्रतिनिधिसभाको आज बैठकमा एमसीसी सम्झौता अनुमोदन प्रस्ताव पेस गरिने भएको छ । 

साढे दुई वर्षअघि तत्कालीन केपी ओली सरकारले दर्ता गरेको प्रस्ताव आज र बैठकमा पेस गर्न लागिएको हो । 

सो प्रस्ताव पेस गरिने भएसँगै नयाँ बानेश्वर क्षेत्रमा बाक्लो रूपमा सुरक्षाकर्मी परिचालन गरिएको छ । सरकारमा सहभागी दल माओवादी केन्द्रसहित विभिन्न सङ्घ सङ्गठनले विरोध जनाइरहेका बेला सरकारले प्रस्ताव पेस गर्न लागेको हो । 

 

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  ११ : ४८ बजे