सत्तासीन दलकै जनवर्गीय सङ्गठन एमसिसीविरुद्ध आन्दोलनमा,  संसद् भवन प्रवेशमा पनि कडाइ

काठमाडौँ । एमसिसीविरुद्ध सत्तासीन दलकै जनवर्गीय सङ्गठन आन्दोलनमा उत्रिएपछि स्थानीय प्रशासनले नयाँ बानेश्वरस्थित संसद् भवन र त्यस आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था कडाइ गरेको छ ।

सत्तासीन दलका जनवर्गीय सङ्गठन, नेपाल बन्द आह्वान गरेका ६ दल र दुई मोर्चा तथा अन्य समूहले संसद् भवन अगाडि प्रदर्शन गर्ने कार्यक्रम तय गरेपछि प्रशासनले संसद् भवन केन्द्रित सुरक्षा व्यवस्था अपनाएको हो । 

उपत्यकाका सडकमा बिहानैदेखि सुरक्षाकर्मीको बाक्लो उपस्थित रहेको छ ।

महानगरीय प्रहरी कार्यालयका प्रवक्ता सन्तोष सिंह राठौरले सुरक्षा व्यवस्था कडाइ पारिएको बताउनुभयो ।  बन्द गराउँदै हिँडेकालाई नियन्त्रणमा लिइएको उहाँले उल्लेख गर्नुभयो ।

संसद् भवन क्षेत्रमा पनि सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ । संसद् भवन प्रवेशमा पनि कडाइ गर्ने नीति लिइएको प्रहरी जनाएको छ । संसद् भवन प्रवेश गर्नेलाई कडाइका साथ चेकजाँच गरिनेछ ।

सभामुख अग्नि सापकोटाले आज बिहान ११ः०० बजे कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको छ  । आज दिउँसो १ः०० बजे संसद् बैठक बस्दै छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  १० : १९ बजे