सरकारको सय दिनमा चुच्चे नक्सा नै गायब ! 

​​​​​​​​​​​​​​ काठमाडौँ – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले सार्बजनिक गरेको सरकारका १०० दिन नामक पुस्तकमा नेपालको आधिकारिक चुच्चे नक्सा नै गायब भएको भेटिएको छ ।

नेपाल सरकार प्रकाशक रहेको 'तस्वीरमा सरकारका १०० दिन' नामक पुस्तकमा नेपालको संसदले सर्बसम्मत रुपमा पारित गरेको नेपालको चुच्चे नक्सा नै गायब रहेको भेटिएको हो ।

सामाजिक संजालमा कता गयो प्रम देउवा ज्यु ? कि तपाईंलाई संसदको निर्णय मान्य छैन ? यो हदको लापरवाही गर्नेलाई कार्वाही गर्ने कि ? प्रम देउवाले सार्वजनिक रुपमा माफी मगेको खबर सुन्न नेपाली जनता आतुर छन ! भन्दै प्रश्न समेत गरेका छन् ।

उक्त पुस्तकको तस्विर रोशन सापकोटाले लिएका छन् भने सम्पादनको कार्य गोविन्द परियारले गरेका छन् ।

प्रकाशित मिति : १ फाल्गुन २०७८, आइतबार  ९ : ५१ बजे