जबराविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता भएको सूचना सर्वोच्च अदालतलाई जानकारी दिँदै 

काठमाडौं – संघीय संसद सचिवालयले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको सर्वाेच्च अदालतलाई पठाउँदै छ । 

सचिवालयमा आइतबार कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)का सांसदहरूले प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका छन् ।

महाअभियोग प्रस्ताव दर्ता भएसँगै जबरा निलम्बनमा परेका छन् । यसबारे सचिवालयले सर्वाेच्च अदालतलाई जानकारी दिन लागेको हो । सचिवालयमा अहिले पत्र तयार पारिँदै छ । 

प्रकाशित मिति : १ फाल्गुन २०७८, आइतबार  १२ : ५८ बजे