काठमाडौं – प्रतिनिधिसभाको सोमबारका लागि बोलाइएको बैठक स्थगित गरिएको छ ।
संघीय संसद सचिवालयले आइतबार सूचना निकालेर २ फागुन सोमबारका लागि डाकिएको बैठक अब ४ फागुन बुधबार दिउँसो १ बजे बस्ने जानकारी दिएको हो ।
विशेष कारणले सोमबार बैठक बस्न नसक्ने भएकाले बुधबारका लागि सारिएको महासचिव डा. भरतराज गौतमले जानकारी दिएका छन् ।
प्रतिनिधिसभा बैठकमा एमसीसी टेबुल गरिने भनिएको र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग दर्ता भएका बेला प्रतिनिधिसभाको बैठक सारिएको हो ।
प्रकाशित मिति : १ फाल्गुन २०७८, आइतबार १२ : २९ बजे
प्रतिक्रिया