प्रधानन्यायाधीश जबराविरुद्ध संसद्मा महाअभियोग दर्ता, ९८ सांसदको हस्ताक्षर

काठमाडौँ ।  प्रधानन्यायाधीश चन्द्रशमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएको छ। 

माओवादी केन्द्रका संसदीय दलका प्रमुख सचेतक देव गुरुङले प्रधानन्यायाधीशविरुद्ध आइतबार संसद्  सचिवालयमा महाअभियोग दर्ता भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपाका सांसदहरूले जबराविरुद्ध संसद् सचिवालयमा महाभियोग प्रस्ताव दर्ता भएको हो। प्रस्तावमाथि ९८ जना सांसदले हस्ताक्षर गरेको उनको भनाइ छ ।

 

प्रकाशित मिति : १ फाल्गुन २०७८, आइतबार  ११ : ४६ बजे