चितवनमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौँ । चितवनको राप्ती नगरपालिका–६ हर्दी चोकमा शनिवार बेलुकी दुई वटा मोटरसाइकल आपसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा एक जना घाइते भएका छन् । 

टाँडीबाट भण्डारातर्फ जाँदै गरेको ना ६०प ३७८१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेका ना९प ९६६२ नम्बरको मोटरसाइकल शनिवार बेलुकी ७ः००० बजे ठोकिएका थिए । 

घाइते भएका दुवै मोटरसाइकल चालकलाई उपचारको लागि कलेज अफ मेडिकल साइन्स अस्पताल भरतपुर पठाइएको थियो । 

उपचारको क्रममा ९६६२ नम्बरका मोटरसाइकल चालक चितवनको खैरहनी नगरपालिका–७ का ४५ वर्षीय कमल चौधरीको शनिवार राती ९ः०० बजे मृत्यु भएको हो । 

अर्का मोटरसाइकल चालक राप्ती नगरपालिका–६ का २९ वर्षीय सन्तोष भण्डारीको अवस्था भने सामान्य रहेको अस्पताल श्रोतले जनाएको छ । 

भण्डारीले मदिरा सेवन गरी मोटरसाइकल चलाएको खुल्न आएको इलाका प्रहरी कार्यालय भण्डाराले जानकारी दिएको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७८, आइतबार  ११ : ४१ बजे