ट्रक तार्ने क्रममा अरुण नदीको बेलिब्रिज भाँचियो

खाँदबारी । सङ्खुवासभाको मकालु गाउँपालिका–५ र १ जोड्ने बेलिब्रिज भाँचिएको छ । 

मकालु–५ को नुम र वडा नं १ वालुङ जोड्ने अरुण नदीमा निर्माण गरिएको बेलिब्रिज भाँचिएको हो । 

शनिवार दिउँसो निर्माण सामग्री बाकेको ‘लो वेट’ ट्रक तार्ने क्रममा बेलिब्रिज भाँचिएको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले जानकारी दिनुभयो । 

प्रजिअ खतिवडाका अनुसार निर्माणाधीन इप्सुवा हाइड्रो पावर कम्पनीको निर्माण सामग्री लिएर गएको तीनवटा ट्रक पुल भाँचेपछि अरुण नदीमा खसेको बताउनुभयो । 

ट्रकमा सवार चालक र सहचालक भने सकुशल नै रहेको मकालु गाउँपालिका–५ का कार्यपालिका सदस्य पुरन याम्फुले बताउनुभयो । 

अरुण नदीको बेलिब्रिज भाँचिएपछि आवतजावत ठप्प भएको कार्यपालिका सदस्य याम्फुले बताउनुभयो । पुलको भन्दा बढी क्षमताभन्दा सामग्री बोकेर एकै पटक तीन वटा ट्रक तर्ने क्रममा फुल भाँचिएको कार्यपालिका सदस्य याम्फुले बताउनुभयो । तीन वटै ट्रक हाइड्रो पावरको निर्माण सामग्री लिएर वालुङतर्फ गएको  याम्फुले बताउनुभयो । 

पुलको मध्यभाग भाँचिएपछि पुलमा रहेका तीन वटै ट्रक नदीको बीचमा पुलमा अल्झिएको अवस्थामा रहेको उहाँले बताउनुभयो । चालक र सहचालकलाई भने स्थानीयले उद्धार गरेका छन् ।  २०७५ सालमा इप्सुवा हाइड्रपावरले अरुण नदीमा निर्माण सामग्री लैजान बेलिब्रिज निर्माण गरेको हो । रासस

प्रकाशित मिति : १ फाल्गुन २०७८, आइतबार  ७ : ०० बजे