यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

दाङको तुलसीपुरमा जुत्ता चप्पल गोदाममा आगलागी हुँदा ५ जनाको मृत्यु (अपडेट)

दाङ । दाङको तुलसीपुरमा रहेको इरम फुटवेयर जुत्ता चप्पल पसलको गोदाममा आगलागी हुँदा ५ जनाको  मृत्यु भएको छ । 

बिहीबार राति करिब पौने २ः०० बजे आगलागी हुँदा मानवीय क्षति भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिनुभयो ।

चार पुरुष र एक बालिकाको शव फेला परेको उहाँले बताउनुभयो । चार तले भवनमा आगलागी भएको हो ।

आगलागीमा परी एक जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पठाइएको छ ।

राति लागेको आगो तुलसीपुर उपमहानगरपालिका र घोराही उपमहानगरपालिकाको दमकल, प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीयवासीले बिहान नियन्त्रणमा लिएका थिए  ।

विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको आङ्कलन छ ।

 

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार  ८ : १८ बजे