बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ स्थित तामनगरमा रोकिराखेको ट्रकमा कार ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन् ।
कोरियन कलेज अगाडि रोकिरहेको ना२ख ९७७२ नम्बरको ट्रकसँग लु३च ४४४२ नम्बरको कार ठोक्किएको इलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिनुभयो ।
उहाँका अनुसार एक जनाको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो ।
घाइतेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ ।
मृतक र घाइतेको पहिचान हुन बाँकी छ।
प्रकाशित मिति : २४ माघ २०७८, सोमबार ८ : २५ बजे
प्रतिक्रिया